• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

८ लाख धरौटीमा छुटेकै दिन पुनः पक्राउ परे पोखराका वडाध्यक्ष


  • धनकुटा खबर
  • .

पोखरा । मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीमा धरौटीमा छुटेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई व्यक्तिगत ठगीको आरोपमा पक्राउ गरेको हो । कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य लामाले व्यक्तिगत ठगीको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पुर्जी जारी भएपछि फरार भएको वडाध्यक्ष सुवेदी मङ्गलवार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖