• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै एक महिलाले उजुरी दिएको घटना सार्वजनिक भएको छ । सो घटना भारतको हो ।

बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् ।

विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उनले उजुरीमा उल्लेख गरेकी छन् ।

यस्तै उनले उजुरीमा यसबारे परिवारका अन्य सदस्यलाई जानकारी गराए पनि कसैले वास्ता नगरेकोसमेत उल्लेख गरेकी छिन् । पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ ।

ती महिलाले दिएको उजुरीपत्रमा उल्लेख भए अनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको हो । सो विषयमा प्रहरीले उजुरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖