• Saturday 17th of October 2026

सेनाका निर्मलकुमार थापाले लगाए रथीको फुली


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देशबाहिर थिए ।

रथीमा बढुवा भएका थापालाई बलाध्यक्ष विभागको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖