• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रक्सीले झ्याप डिएसपी : महिला ट्वाइलेटभित्रको फोटो र भिडियो खिच्दा पक्राउ


  • धनकुटा खबर
  • .

सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो।

डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ ।

पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

केसीले रेष्टुरेन्टको महिला ट्वाइलेट भित्रको फोटो र भिडियो खिचेका थिए। साथीहरू पर्खने बहानामा उनले ट्वाइलेट पसेकी युवतीको पछाडिको भाग देखिने गरी मोबाइलमा फोटो खिचेका थिए। उनको यो हर्कत विरुद्ध उक्त युवती प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएकी थिइन। युवतीको जाहेरीका आधारमा केसीलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖