• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

साउदीमा ३२ महिनाको जेल जिवन पछि घर फर्किए धनकुटा चौबिसेका दिनेश(भिडियो सहित)


  • धनकुटा खबर
  • .

धनकुटा । धनकुटाको चौबिसे गाँउपालिका चार फलामेटारकी दुर्गा कुमारी कार्की निक्कै उल्लास मुद्रामा देखिनु हुन्थ्यो । शारिरिक रुपमा अशक्त उहाँ श्रीमान गणेश बहादुर कार्की पनि निक्कै उत्साहित मुद्रामा देखिनु हुन्थ्यो । हिडडुल गर्न नसक्ने भएपनि लौरोको सहारामै भएपनि सकिनसकि वरपर गरिरहनु भएको थियो । उहाँहरु सहित उहाँको छोराहरु तथा बुहारीको समेत अबस्था उस्तै थियो ।

तमोर नदीको किनार भन्दा अलि माथि रहेको उहाँको घरमा आइतबार छरछिमेकीको समेत राम्रै जम्घट थियो । घरको माहोल हेर्दा घरमा कुनै शुभ कार्य हुदै छ झै लाग्थ्यो । यो सबै हुनुको कारण थियो सो परिवारका ३१ बर्षिय छोरा दिनेश कार्की साउदी अरबमा ३२ महिनाको जेल जिवन बिताएर ८ बर्ष पछि आइतबार घर फर्कनु ।

आमा दुर्गा कुमारी कार्कीले छोरो भेट्ने बित्तिकै भन्नु भयो “एक पटक त नेपाल फर्किएर आउला भन्ने आषानै मारी सकेको थियौ तर अहिले फर्केर आयो खुशीको सिमानानै छैन” । ३२ महिना अघि सम्पर्क बिहिन भएदेखि हाम्रो खुशी हराएका थिए तर अहिले छोरो फर्किए संगै पर्किएर आए उहाँ थप्नु हुन्छ ।

छोरो फर्किएर आयो यो नै ठुलो कुरो हो बुवा गणेश कार्की भन्नु हुन्छ । पैसा पठाउन नसके पनि जति बर्ष जेल बस्नु पर्ने हो त्यति बर्ष जेल बसेर त आउला भन्ने लागेको थियो उहाँ भन्नु हुन्छ । तर साउदीको कानुन कडा भनेको सुन्दा पिढीतले सहमति नदिए सम्म जेल मुक्त हुदैन भनेको सुन्दा कता कता छोरो नआउने पो होकी भन्ने डर लाग्ने गरेको उहाँ बताउनु हुन्छ । तर अहिले सबै कुरा चिदै छोरो फर्कियो यो खुशी बर्णन् गरेर साध्य छैन उहाँ भन्नु हुन्छ ।

धनकुटाको चौबिसे गाँउपालिका चार फलामेटारका ३१ बर्षिय दिनेश कार्की २०७२ सालमा बैदेशीक रोजगारीको सिलसिलामा साउदी अरब जानु भयो । उहाँ साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा काम पुग्नु भएको थियो । तर कम्पनीले श्रम सम्झौंता अनुसारको सेवा सुविधा नदिएपछि साउदी पुगेको २ बर्ष पछि उहाँ अवैध रुपमा अर्कै कम्पनीमा काम गर्न थाल्नु भयो । बाहिर काम गर्ने सिलसिलामा २०७७ सालमा कार्कीलाई सवारी साधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीले पक्राउ गर्यो । एका एक घर परिबास साथिभाई संग कार्कीको सम्पर्क टुट्यो । गाँउघरमा रुवाबासी चल्यो । त्यहाँको प्रशासनले दुर्घटनाको क्षतिपूर्ति बापत ५७ हजार रियाल जरिवाना तोक्यो । जरीवाना तिर्न नसक्दा ३२ महिना साउदीको जेलमा रहनु पर्यो ।

जेल जिवनको ३२ महिना पछि नेपाल आएर आइतबार उहाँ धनकुटा पुग्नु भयो । कार्की भन्नु हुन्छ “पैसा कमाउन गएको त्यत्रो जरीवाना तिर्नु पर्ने भएपछि पैसा कहाँवाट जुटाएर फर्कनु, मैले त मेरो जिवन साउदीको जेलमै बित्ने भो भनेर आषा मारी सकेको थिए” । घरको दुखले गर्दा बिदेशीएको थिए, दुख भगाउला भन्ने सोचेको थिए तर परिस्थीतिले परिवारलाई थप दुखमा पार्यो त्यस पछि के गरौ कसो गरौ भयो उहाँ थप्नु हुन्छ ।

त्यसो त जेल परेको ६ महिना सम्म उहाँ लाई कोहि संग सम्पर्कनै गर्न दिएन । “पहिलेको जेलवाट सरे पछि अलि सहज भयो त्यस पछि गाँउका दाई महेन्द्र न्यौपानेलाई सबै कुरा भन्न पाए अनि मात्र फर्कन पाउछु की भन्ने आषा पलायो सबैको सहयोगले अहिले आउन पाए” उहाँ भन्नु हुन्छ । घर सहित १५ रोपनी जग्गा छ । उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ । तर पनि अब नेपालमै बसेर केहि गर्ने उहाँ बताउनु हुन्छ ।

यता जेलमा परेको कुरा सुने पछि स्थानिय महेन्द्र न्यौपाने, हेमराज भण्डारी, रोसन भण्डारी, अर्जुन राई लगायत केहि ब्याक्ति सहयोग संकलनमा लाग्नु भयो । संबिधान सभा सदश्य हेमराज भण्डारी भने नेपाल झिकाउने प्रक्रिया तथा साउदीको राजदुताबास संग सम्पर्क गर्न थाल्नु भयो । सुरुमा ५७ हजार रियल भनिएको पैसा दुताबासकै सहयोगमा २४ हजार रियलमा मिलाउन सफल भएको र त्यहाको सबै प्रक्रिया दुताबासले गरि दिएको भण्डारी बताउनु हुन्छ । यता सहयोग संकलनमा रहेका महेन्द्र न्यौपाने लगायत लाई सो पैसा जुटाउन करीब दुई बर्ष लाग्यो । “सरकार र धेरै गन्ने मान्ने वाट आस्वासन मात्र पायौ सहयोग पाएनौ, पछि दुई बर्ष लगाएर नौ लाख ९१ हजार ६ सय ११ रुपैया जम्मा गर्न सफल भयौ” न्यौपाने भन्नु हुन्छ । उठाएको पैसा मध्ये ८ लाख ८० हजार पाँच सय जरीवाना तिर्न दुताबास मार्फत साउदी पठाएको, ३१ ह्जार नेपाल फर्कन टिकट खरीद गरेको यातायात, अस्पताल भर्ना लगायतमा २६ हजार खर्च भएको र बाकी रहेको करीब ६८ हजार रुपैया परिवारलाई जिम्मा लगाएको न्यौपानेले जानकारी दिनुभयो ।

पहलको क्रममा सरकार बाट कुनै सहयोगनै नभएको गुनासो पहलकर्ताको छ । बिभिन्न कारणले बिदेशको जेलमा सयौ नेपाली बस्न बाध्य छन् । तर सरकारी निकायको उदासिनताको कारण उनिहरुको भबिश्यनै अन्योलमा गर्ने गरेको पहलकर्ता तथा संबिधानसभा सदश्य हेमराज भण्डारी बताउनु हुन्छ । “बिदेश बाट आएको रेमिट्यान्सले सरकार र देश चलेको छ तर बिदेशमा रहेका आफ्नो जनतालाई के समस्या छ के गर्नु पर्छ भन्नेमा कुनै चासो छैन” भण्डारी भन्नु हुन्छ । सरकारले चाहेको भए जेल परेको दुई तिन महिनामै नेपाल ल्याउन सक्थ्यो भण्डारी थप्नु हुन्छ । धेरै नेपाली ठुलो सपना बोकेर बिदेशीने गर्दछन् । तर बिदेश पुगेपछि धेरै दुख र सास्ती झेल्नु पर्छ । यति सम्म कि एक सानो गल्तिको कारण जेलमा परेर उतै जिवन बित्छ । यस्तो अबस्थामा समेत सरकारले चासो नदिने गरेको भण्डारीको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖