• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

३ जनाको हत्यापछि काजीले १५ वर्षको छोरालाई भिडियो खिच्न लगाए,भने– ‘मेरो राम्रो भएन्, तिमीहरु गरेर खानु’


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बुधवार बिहान सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएर सितापाइला बस्ने ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनकी ८ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी शिवना मृत अवस्थामा भेटिएका हुन् ।

नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित डेरामा उनीहरु मृत फेला परेको केही घण्टामा ईश्वरीका श्रीमान् राजु पनि मृत भेटिए । राजुको शव नागार्जुन नगरपालिका–५ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

ईश्वरीले राजुसँग दोस्रो विवाह गरेकी हुन् । राजुसँग घरजम हुनुअघि उनको छोरा भैसकेका थिए । जेठो छोरा अनिल अहिले वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा छन् । राजुसँग विवाह गरेपछि जन्मिएका हुन् अनिश । बुधवार हत्या गर्नुअघि राजुले १५ वर्षीय अनिशलाई दुनोट किन्न पसलमा पठाएका थिए । अनिश फर्किँदा उनले आमा, बहिनी र दाजु (अनिल) को छोरी शिवानाको हत्या गरिसेका थिए ।

पसलबाट फर्केर आएपछि अनिशलाई उनले मोबाइलमा भिडियो खिच्न लगाए । अनिशले भिडियो खिचेपछि सो भिडियो दाजुलाई साउदीमा पठाइदिन आग्रह गरेर उनी डोरी लिएर निस्केका हुन् । अनिश भन्छन्– ‘मैले नजानु भन्दा मलाई हुत्याएर बाबा हिँड्नुभयो, हातमा कपडाको डोरी लैजानुभएको थियो ।’

अनिशले खिचेको भिडियोमा राजुले भनेका छन्– ‘भाग्य अनुसार मैले गरेको हुँ, मैले भनेको सबै भइसक्यो ।’ आफ्नी पत्नी ईश्वरी र चितवनको एकजना केटाबिच ‘विवाहेत्तर सम्बन्ध’ रहेको जिकिर गर्दै राजु घिमिरे ‘काजी बिक’ले भनेका छन्–‘चितवनको केटालाई छाड्ने हैन ।’

आफूले राम्रो गर्न खोजे पनि कहिल्यै राम्रो नभएको गुनासो गर्दै काजीले भनेका छन्–‘तिमीहरू गरेर खाऊ, ममीजस्तो भएर नहिँड् ।’ छोरा अनिश र झड्केलो छोरा अनिलसँग माफी माग्दै काजीले भनेका छन्– ‘माफ गर्दे हिजो सोचेको गरेँ, अनिशलाई सबै जिम्मा दिएको छु, साँचो लिनु अनिशलाई हेला नगर्नु ।’ अनिश सितापाइलास्थित पिपल्स एकेडेमीमा कक्षा ७ मा पढ्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖