• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गणेश लामाको दाबी : जग्गाको पैसा माग्दा अपहरणको आरोप लगाए


  • धनकुटा खबर
  • .

काठमाडौं । विवादित पृष्ठभूमिका गणेश लामाले जग्गा विक्रीवापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको दाबी गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य समेतका रहेका लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले जग्गा पास गरिदिन भनेको तर, यत्तिका वर्षसम्म पैसा नदिएको जिकिर गरेका छन् ।

‘३ महिनापछि पैसा दिन्छु, पास गरिदिनुस् भनेको थियो, त्यसपछि ज्ञानेन्द्रको श्रीमती नानीमैयाँ कार्कीको नाममा पास गरिदिएको थिएँ’, उनले भने, ‘त्यसको ९/१० वर्षसम्म पनि उनी सम्पर्कविहीन बनेका थिए ।’

ई–कर्मस वेवसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्रले भने आफूलाई लामासहितको समूहले अपहरण गरेको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए ।

प्रारम्भिक अनुसन्धानपछि थप छानबिन गर्न भन्दै कार्यालयले उनको जाहेरी जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाइदिएको छ ।

‘डेढ÷दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिदिएका थिए’, उनले भनेका छन्, ‘उहाँलाई त्यहाँ भेट्दाखेरी उहाँ आफैंले दाई तपाईँको पैसा दिन्छु भनेर छिनोफानो गर्नुभएको हो । अहिले पनि आनाको ५० लाख जाने ४० आना जग्गा उहाँको श्रीमतीको नाममा पास छ । त्यही जग्गाको बारेमा उहाँसँग कागज गरिएको हो । कानुनबमोजिम वडामा उहाँ आफैं गएर कागज गर्नुभएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖