• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

स्वास्थ्य शाखा प्रमुखको हृदयाघातबाट निधन


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयाघातको कारण निधन भएको छ ।

गरुडा नगरपालिका जयनगर गाउँमा घर भएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको मंगलबार राति १० बजे हृदयाघातबाट आकस्मिक निधन भएको हो । आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो ।

उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विद्युत् प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन् ।

उनलाई हृदय सम्बन्धी कहिल्यै कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन् । उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖