• Saturday 17th of October 2026

प्रमुख प्रतिपक्ष दलहरुले गरे संसद अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख प्रतिपक्ष दलहरुले संसद बैठक अवरोध गरेका छन्।

अख्तियारमा बयान दिएका मन्त्री र बालकुमारी घटनामा संलग्न मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमाले, रास्वपा र राप्रपाका सांसदले संसद बैठक अवरोध गरेका हुन्।

नेकपा एमालेका सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका थिए।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले भ्रष्टाचार मुद्दामा अख्तियारमा बयान दिइसक्दा पनि पदबाट राजीनामा नभएको भन्दै प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे।

गत पुस १३ गते दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीको दमनबाट दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृृत्यु भएको थियो ।

यो घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो ।

पूर्वडीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य रहेको आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी रहेको देखाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖