• Saturday 17th of October 2026

‘झण्डा हल्लाउँदै अख्तियारमा बयान दिनजाने मन्त्रीलाई बर्खास्त गर्न नसक्ने कायर प्रधानमन्त्री हामीलाई चाहिँदैन’


  • धनकुटा खबर
  • .

काठमाडौं,१० फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले टेरामक्स खरिद प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता पन्तले अख्तियारले बयान लिन बोलाउँदा सरकारी गाडीमा झण्डा हल्लाउँदै गएको भन्दै आपत्ति जनाए । उनले नेपालकै इतिहासमा पहिलो पटक बाहालवाला मन्त्रीले अख्तियारमा गर बयान दिएको उल्लेख गर्दै मन्त्री बस्नेतलाई हटाउन नसक्ने कायर प्रधानमन्त्री आफूहरुलाई नचाहिएको बताए ।

‘पञ्चायकालमा पनि यस्तो थिएन, भ्रष्टाचारको आरोप लागेपछि मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिले त भ्रष्टाचारको आरोप लागेका मन्त्री झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जान्छन्’ सांसद पन्तले भने, ‘यस्ता मन्त्रीलाई राजीनामा गर् भन्न नसक्ने कायर प्रधानमन्त्री हामीलाई चाहिएको होइन ।’

बालकुमारी घटनामा त्यसैदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने उनले बताए।

‘जुन दिन बालकुमारी घटना भयो त्यही दिन राजीनामा दिएको भए नैतिक देखिन्थ्यो। उहाँले राजीनामा दिनुभएन,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖