• Saturday 17th of October 2026

प्रतिनिधि सभामा गणपूरक संख्या पुगेन, बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं,१० फागुन । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा दलीय आधारमा सांसदहरुले धारण राखिसकेपछि गणपूरक संख्या नपुगेपछि अन्य काम कारबाही अगाडि बढाउन आवश्यक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖