• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मित्रमिलन सहकारी ठगी प्रकरण : पत्रकार गिरी कारागार चलान


  • धनकुटा खबर
  • .

पोखरा । मित्रमिलन सहकारी ठगीको आरोप लागेका पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतले बिहीबार गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिए । बुधबार आफैँ अदालत हाजिर भएका गिरीलाई बिहीबार थुनछेक बहसपछि न्यायाधीश रामचन्द्र शर्माको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

उनी सहकारीको लेखा समितिमा सदस्य भएर काम गरिसकेका व्यक्ति हुन् । सहकारीको रकम पत्रिका र व्यक्तिगत व्यवसायमा खर्च गरेको उनीमाथि आरोप छ । सहकारीका ३३ जनाविरुद्ध पक्राउ पुर्जी छ ।

कानुन व्यवसायी जनकल्याण पराजुली र पोखरा २१ का अध्यक्ष दीपक सुवेदी धरौटी बुझाएर छुटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖