• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सहकारी ठगी मुद्दामा पोखराका पत्रकार गिरी कारागार चलान


  • धनकुटा खबर
  • .

पोखरा । मित्रमिलन सहकारी ठगी मुद्दामा पोखराका पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश रामचन्द्र शर्माको इजलासले गिरीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । पक्राउ पुर्जी जारी भएपछि फरार गिरी बुधबार अदालत उपस्थित भएका थिए । बुधबार नसकिएको थुनछेक बहस बिहीबार पुन: भएको थियो ।

सहकारी ठगी मुद्दामा कास्की अदालतबाट ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । २२ जना अझै फरार छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖