• Saturday 17th of October 2026

२२ फन्का लगाएपछि कतार एअर बल्ल अवतरण, काठमाण्डौ आउने बुद्धको जहाज भैरहवा पुग्यो


  • धनकुटा खबर
  • .

काठमाण्डौ – मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिकतर्फ केही उडान रद्द भएका छन् भने केही डाइभर्ट भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज काठमाण्डौ नजिकै आएर भैरहवा डाइभर्ट भएकाे छ ।

यस्तै कतारकाे दाेहाबाट काठमाण्डाै आएकाे कतार एअरवेजकाे जहाज २२ फन्का लगाएपछि बल्ल अवतरण भएकाे छ । जहाजले निजगढमाथिको आकाशमा १८ फन्का लगाएको थियाे ।

त्यस्तै लालबन्दी माथिको आकाशमा पुगेर ५ फन्का लगाएर जहाज बल्ल अवतरण गरेको हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖