• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकलले च्यापिएको अवस्थामा एक व्यक्ति मृत फेला


  • धनकुटा खबर
  • .

चितवन, फागुन ११। चितवनमा एक पुरुष व्यक्ति मोटरसाइकलले गोडा च्यापिएको अवस्थामा मृत फेला परेका छन ।

खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ को दिलिप चौधरी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ५ बजेर ४५ मिनेटमा खैरहनी नगरपालिका वडा नम्बर १० कठार स्थित भित्रि सडक खण्डमा सुर्तनाबाट कठातर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकल पल्टिरहेको र चालक सोही मोटरसाइकलले च्यापिएको अवस्थामा मृत अवस्थामा खबर प्राप्त भएपश्चात प्रहरी घटनास्थल पुगेको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖