• Saturday 17th of October 2026

प्रचण्डले गरे ओलीको बर्थ–डे विस


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

ओलीलाई बर्थ–डेको अवसरमा सरप्राईज दिने मुडमा रहेका प्रचण्डले फोन गरेर सु–स्वास्थ्य तथा दिर्घायुको शुभकामना दिएका हुन् । प्रचण्डका स्वीकय सचिव रमेश मल्लले प्रचण्डले फोनमार्फत एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिएको बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ,’– सामाजिक सञ्जालमार्फत मल्लले जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖