• Saturday 17th of October 2026

तीन मन्त्रीलाई बर्खास्त गर्न एमालेले दियो सरकारलाई ३ दिनको अल्टिमेटम


  • धनकुटा खबर
  • .

काठमाडौं,११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन दिनभित्रमा विवादमा आएका तीन मन्त्रीलाई बर्खास्त गर्न सरकारलाई समय दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले तीन दिनभित्रमा मन्त्री बर्खास्त गर्न र सदनलाई जानकारी गराउन समय दिएका हुन । उनले भने, ‘अब बस्ने बैठक, संसदले बनाएको तालिका बमोजिम १३ वा १४ गते हाम्रो बैठक छ, समय छान्ने सुविधा प्रधानमन्त्रीलाई भयो, उपयुक्त बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको सवाल सम्बोधन गर्न माग गर्छु ।’

एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित मन्त्रीहरु मोहनबहादुर बस्नेत र सुदन किराँतीको राजीनामा माग्दै आएको छ ।

मन्त्री बर्खास्त गर्न माग गर्दै एमालेसहित रास्वपा र राप्रपाले आज पनि सदनमा आवाज उठाउनुका साथै सदन अवरुद्ध गरेका थिए । प्रतिपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित बैठक ४ घण्टापछि भर्खरै सूचारु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖