• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पति नेपाली सेनामा,विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा सिंहले बच्चा चोरी गरेकी थिइन् ।

आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएको छ ।

२४/२५ वर्ष उमेर भए पनि विवाह गरेको लामो समय भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

बच्चा चोरी गर्ने मनिषाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । “घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी

उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,” एक प्रहरी अधिकारीले बाह्रखरीसँग भने, “उनको श्रीमान् नेपाली सेनामा कार्यारत रहेको र उनलाई पनि भ्रममा राखेर आफूले बाटोमा सुत्केर भएर बच्चा लिएर फर्किएको बताएकी रहिछन् ।”

प्रहरीले शिशुको उद्धार गरेर आमाबुवालाई जिम्मा लगाइसकेको छ ।

काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आफूलाई सूचना आएको आठ घण्टापछि काँडाघारीबाट बच्चाको उद्धार गरेको हो ।

मनिषालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖