• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यस वर्षको श्री स्वस्थानी व्रत आज समापन गरिँदै


  • धनकुटा खबर
  • .

पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ ।

श्री स्वस्थानी व्रत कथाको संक्षिप्त साङ्गे विधि

हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘उपनयतु सकल जगनमङ्गलाय’बाट सुरु हुने यो कथा ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रका साथै समापन हुन्छ ।

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एक छाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरूले आज विशेष पूजा अर्चना अनि समारोह आफ्नो दक्षअनुसार आयोजना गरेर औपचारिक रूपमा स्वस्थानीको समापन या साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरूमा छरछिमेक अनि आफन्त बोलाएर शाकाहारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शाली नदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रही आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ । यसरी सामूहिक रूपमै स्वस्थानी परमेश्वरीको व्रत कथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई फाइदा हुने जनविश्वास छ ।

परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेष्मान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत, गुह्येश्वरी अनि शालिनदी लगायत विभिन्न क्षेत्रहरूको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरू नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरूको कल्याण होस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖