• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एनआइसी बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ


  • धनकुटा खबर
  • .

दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए। कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहानमात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

एटीएम कक्षको सिसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रबार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖