• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रसूति गृहबाट बच्चा चोरीको आरोपीले भनिन्–‘जंगलमा भेटेको हुँ’


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरेको आरोपमा प्रहरीले मनकुमारी सिंहलाई पक्राउ गरेको छ । सिंह दैलेखकी स्थानीय हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरिन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’ तर, चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारीलाई पक्राउ गरेको छ । मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने–‘चोरीमा अहिलेसम्म श्रीमानको भूमिका देखिँदैन ।’

चोरीमा संलग्न आरोपमा मनकुमारी र अर्की एक जना महिला अहिले टेकुस्थित काठमाडौँ प्रहरीको कस्टडीमा छन् । प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । यसअघि ३ पटक सम्म बच्चा खेर गरेको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’

मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिने छोरी चोरेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖