• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

घरायसी विवादमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

रोल्पा । रोल्पामा एक युवाले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

हत्या आरोपमा माडी गाउँपालिका-१ जयलखसे गाउँका ३२ वर्षीय भीमबहादुर बुढा रहेका छन् ।

बुढाले घरको आँगनमा २८ वर्षीया श्रीमती मनकुमारीलाई घाँटीमा चक्कु प्रहार गरेका थिए।

घाइते मनकुमारीको रगत बगेर शुक्रबार नै मृत्यु भएको थियो।

घटना पछि घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भीम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो।

बुढाको घरमा १२ वर्षका छोरा र ५ वर्षकि छोरी छन्।

गाउँलेका अनुसार दम्पती बीचमा घरायसी विवाद भएकाले दुर्घटना भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖