• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

४ महिना अघि अमेरिका पुगेका श्रीमानलाई यो अन्तिम कल हो भन्दै मनिषाले नसोचेको गरिन यस्तो


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुर स्थित बसपार्कमा रहेकी आमा (बालिका) खराललाई अमेरिकामा रहेका छोरा नारायण खरालको शुक्रबार दिउसो एकाएक फोन अयो । ‘आमा बुहारी बिरामी छ क्या हो, माथि गएर हेर्नुस् त छोराको कुरा सुनेपछि छिटो छिटो गर्दै आमा बुहारी भएको कोठामा पुग्दा उनी मृत अवस्थामा भेटिइन् ।’

घरमा नसोचेको घटना भएपछि घरमा रुवाबासी चल्यो । वरपर हल्ला भयो । घर परिवार आफन्त सबैलाई खबर भयो । उता सुर्खेतको वीरेन्द्र नगर १३ मा रहेका बुहारीका माइती पक्षलाई पनि खबर भयो ।

‘४ महिना अघि अमेरिका पुगेका आफ्ना श्रीमान नारायणलाई २१ वर्षीया मनिषाले अब तपाँइसंग भेट पनि हुँदैन कुरा पनि हुँदैन यो अन्तिम कुरा हो भनेर फोन काटेकी थिइन् । त्यस लगत्तै अमेरिकाबाट नारायणको घरमा फोन आयो । घरको माथिल्लो छतमा गएर हेर्दा बुहारी झुण्डिएको अवस्थामा फेला परिन् ।’ पारिवारका एक सदस्यले भने । ३ वर्ष अघि नारायण र मनिषाले भागि विहे गरेका थिए । उनि दुबैजनाबाट सन्तानको जन्म भएको छैन् ।

घटना शुक्रबार दिउसाे करिब ४ बजेकाे भएपनि माइतीपक्ष आउन ढिला गरेका कारण मनिषाको शव आज बिहान करिब ११ बजे उठाइएको थियो । खराल परिवारले तुलसीपुरको बसपार्कमा कालीमाटी होटल सञ्चालन गर्दै आएको छ । बुहारीले सुसाइट गर्दा सासु आमा होटलमै भएपनि ससुरा भने काम विशेषले कालीमाटी गएको प्रहरीले जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले घटनाको प्रकृति हेदा ह्याङ्गिङ जस्तो देखिए पनि पोस्टमार्टमपछि मात्रै वास्ताविक रिपोर्ट आउने बताउनुभयो । मनिषाले केही समय यता डिप्रेसनको औषधी समेत खाँदै आएको जनाएको छ । उता माइती पक्षले भने घटनालाई शंकास्पद रूपले हेरेको प्रहरीले जनाएको छ । मनिषाकाे शवलाई पाेस्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालकाे शव ‍गृहमा राखिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖