• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रूसी सेनामा भर्ना भएका राेल्पाका एक युवकको मृत्यु


  • धनकुटा खबर
  • .

रूसी सेनामा भर्ना भएका राेल्पाका एक युवकको मृत्यु भएको छ।

पारिवारिक स्राेतका अनुसार रोजगारीका लागि मस्काे पुगेर रूस–युक्रेन युद्धमा सहभागी त्रिवेणी गाउँपालिका–७ रानागाउँका घनसिंङ पुनकाे केहि दिनअघि मृत्यु भएको पुष्टि भएकाे हाे।

‘परराष्ट्र मन्त्रालयले घनसिंङको मृत्युबारे केही खुलाएकाे छैन। तर हाम्राे परिवारले उहाँकाे मृत्यु भइसकेकाे पुष्टि गरेकाे छ,’ मृतकका एक आफन्तले भने, ‘उहाँ लडाइँमा मारिएकाे पत्ताे पाएका छाैँ। उहाँसितै रहेका राेल्पाका अर्का एकजना घाइतेले हुनुभएकाे छ, उहाँले भनेअनुसार युक्रेनीकाे हमलालबाट घनसिंङकाे मृत्यु हाे रे!’

पैसा कमाउने र घर–परिवारकाे सपना पूरा गर्ने जिम्मेवारी बाेकेर मानव–तस्कारलाई लाखाैँ रकम बुझाएर रूस पुगेकाे छाेटाे समयमै घनसिंङकाे मृत्युकाे खबरले परिवार विछिप्त छ।

केही महिनाअघि उनीसहित राेल्पाका लगभग एक दर्जन युवा दुबई हुँदै रूस गएका थिए। रूस–युक्रेन युद्धमा घनसिंङकाे मृत्यु भएपनि उनीसँगै रहेका अन्य दुई राेल्पालीहरू भने घाइते छन्।

स्राेतका अनुसार करिब एक हजार नेपाली रूसी सेनामा कार्यरत रहेको अनुमान छ।

परराष्ट्र मन्त्रालय र मस्काेस्थित नेपाली दूतावासले नेपालीहरूकाे मृत्युकाे तथ्यांक लुकाउन खाेजेपनि युद्धमा सहभागी भएका मध्ये हालसम्म १७ नेपालीको मृत्यु भएको छ।

रूसी सेनामा रहेका नेपाली युवाका आफन्तजनले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानका अधिकारीहरूले ११६ जना घाइते रहेको दाबीसमेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖