• Tuesday 6th of October 2026

यस्तो छ ‘बोक्सीको घर’ मा केकीको लुक्स


  • धनकुटा खबर
  • .

फिल्म ‘बोक्सीको घर’ बाट केकी अधिकारीको लुक्स सार्वजनिक गरिएको छ।

फागु पूर्णिमाको अवसर पारेर आइतबार फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा केकीलाई फरक अवतारमा प्रस्तुत गरिएको छ।

प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’ लाई सार्वजनिक गरिएको बताइन्। ‘टिजर र गीतमा सस्पेन्सका रूपमा राखिएको बोक्सी लुक्सलाई प्रचार प्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं’, उनले भनिन्।

लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा फिल्म बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दावी गरे।
फिल्म ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि रहेर बद्री अधिकारीले फिल्म निर्माण गरेका हुन्। केकी अधिकारी फिल्मसको प्रस्तुतीमा निर्माण भएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ।

फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन्। फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन्।

फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ। टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ।

यो फिल्म वैशाख १४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖