• Tuesday 6th of October 2026

बलिउड अभिनेत्री तापसी पन्नुले कसिन् लगनगाँठो


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छन् । उनले पूर्वओलम्पिक पदक विजेता तथा डेनमार्कका ब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी हुन।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्लेयर समेत रहेका म्याथियास र तापसी एक दशकदेखि प्रेम सम्बन्धमा थिए।भारतीय सञ्चारमाध्यमका अनुसार मार्च २३ मा यी दुईले भारतको उदयपुरमा लगनगाँठो कसेका हुन् । विवाह समारोहमा परिवारका सदस्य, निकट साथी र केही बलिउड सहकर्मीको उपस्थिति थियो।

इण्डियन एक्सप्रेसको अनुसार यी दुईले शिख र इसाई परम्पराको मिश्रणअनुसार आफ्नो विवाह सम्पन्न गरेका हुन। विवाह उत्सव मार्च २० देखि सुरु भएको थियो।

गत मार्चमा विवाहबारे सोधिएको प्रश्नमा तापसीले आफूले सही समयमा सही निर्णय गर्ने अभिव्यक्ति दिएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖