• Saturday 17th of October 2026

संसारकै सबैभन्दा धनी महिला को हुन् ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – फोर्ब्सले हरेक वर्ष विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्छ । सन् २०२४ को सूची पनि सार्वजनिक भएको छ । लक्जरी फेसन ब्रान्ड LMVH का मालिक बर्नार्ड अर्नाल्ट संसारकै सबैभन्दा धनी व्यक्ति हुन्।

फोर्ब्स अर्बपतिहरूको सूची अनुसार, फ्रान्कोइस बेटेनकोर्ट मेयर्स विश्वको सबैभन्दा धनी महिला हुन्। फ्रान्सको निवासी मायर्स ठूलो कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी हुन्। उनी विश्वका धनी व्यक्तिको सूचीमा १५ औं स्थानमा छन् ।

फ्रान्कोइस बेटानकोर्ट मायर्सको कुल सम्पत्ति कति छ ?
फोर्ब्सको अर्बपतिहरूको सूची अनुसार ७० वर्षीय फ्रान्कोइस बेटानकोर्ट मायर्सको कुल सम्पत्ति करिब ९९.५ बिलियन डलर छ। उनी L’Oreal को संस्थापक Eugene Schueller को नातिनी हुन्। मायर्स र उनको परिवारको L’Oreal मा ३४ प्रतिशत को कुल हिस्सेदारी छ।

यसबाहेक एलिस वाल्टन विश्वकै दोस्रो धनी महिला हुन् । एलिस वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन्। उनको कुल सम्पत्ति लगभग $ ७२.३ बिलियन छ। कोच इन्डस्ट्रिजकी जुलिया कोच विश्वकै तेस्रो धनी महिला हुन् । उनको कुल सम्पत्ति ६४.३ बिलियन डलर छ । ज्याक्लिन मार्स ३८.५ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको चौथो धनी महिला हुन् । जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कट विश्वकै पाँचौं धनी महिला हुन् । उनको कुल सम्पत्ति ३५.६ बिलियन डलर छ।

७४ वर्षीया सावित्री जिन्दल भारतकी सबैभन्दा धनी महिला हुन् । उनी विश्वकै धनी महिलाको सूचीमा छैठौं स्थानमा छिन् । उनको कुल सम्पत्ति ३३.५ बिलियन डलर छ । उनी जिन्दल ग्रुपकी अध्यक्ष हुन् ।

फोर्ब्सले आफ्नो २०२४ को अरबपतिहरूको सूचीमा कुल २, ७८१ धनी व्यक्तिहरूलाई समावेश गरेको छ, जसमध्ये कुल ३६९ महिला छन्। यस्तो अवस्थामा विश्वका कुल अर्बपतिमध्ये १३.३ प्रतिशत महिला छन् । गत वर्ष कुल ३३७ महिला यो सूचीमा परेका थिए । यी सबै महिलाको कुल सम्पत्ति करिब १.८ ट्रिलियन डलर छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖