• Wednesday 7th of October 2026

इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएपछि प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ ।

डा. अदनान अल-बुर्स ५० वर्षका थिए र अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख थिए।इजरायली जेल सेवाले अप्रिल १९ मा एक विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारणले हिरासतमा राखिएका कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु हुने व्यक्ति डा. अल-बुर्स थिए।

इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै डा. अल-बुर्सको मृत्यु ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ।

अल शिफा अस्पताल, जहाँ डा. अदनान अल-बुर्स शल्यक्रिया प्रमुख थिए, पछिल्ला केही महिनाहरूमा इजरायली सेनाले धेरै पटक छापा मारेको छ।

इजरायली सेनाले डा अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेको बेला पक्राउ गरेको थियो।गाजामा हमासविरुद्ध इजरायलको आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖