• Wednesday 7th of October 2026

बेलायतले भन्यो– रुसविरुद्ध बेलायती हतियार प्रयोग गर्ने निर्णय युक्रेनले नै गर्नेछ


  • धनकुटा खबर
  • .

काठमाडौं । बेलायतका विदेशमन्त्री लर्ड क्यामरुनले बेलायती हतियार कसरी प्रयोग गर्ने भन्ने युक्रेनले आफै निर्णय गर्ने बताएका छन् ।

लर्ड क्यामरुनले युक्रेनसँग पनि रुसी भूमिमा आक्रमण गर्ने अधिकार रहेको बताए ।

युक्रेन भ्रमणका क्रममा लर्ड क्यामरुनले बेलायतले युक्रेनलाई आवश्यक परेसम्म हरेक वर्ष तीन अर्ब युरो सहयोग गर्ने दाबी गरेका थिए ।

लर्ड क्यामरुनले भने, “रुसले युक्रेनी भूमिमा आक्रमण गरिरहेको छ। युक्रेनले आफूलाई बचाउन के गर्नुपर्छ भनेर तपाईंले बुझ्न सक्नुहुन्छ।”

रुसले यसको आलोचना गर्दै यसलाई ‘अर्को खतरनाक बयान’ भनेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “यो युक्रेन वरपरको तनावमा प्रत्यक्ष वृद्धि हो र यसले युरोपको सुरक्षालाई खतरामा पार्न सक्छ।”

हालै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहायता दिने प्रस्ताव पनि अमेरिकी संसदमा पारित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖