• Wednesday 7th of October 2026

जन्डिस हुँदा के खाने के नखाने?


  • धनकुटा खबर
  • .

कमलपित्त या जन्डिस कलेजोसम्बन्धी रोग हो । खाना पचाउन सहयोग गर्ने कलेजोमा प्रदूषित खानपान, फोहोर पानी र अत्याधिक मद्यपानले असर गर्छ । जसका कारण जन्डिसको संक्रमण वढी हुन्छ । जन्डिसलाई समयमा नै नियन्त्रण गर्न नसकिएमा स्वास्थ्यमा गम्भीर असर पु-याउँछ । कतिपयको मृत्यु पनि हुने गरेको छ । जन्डिस हुँदा यसको उपचार भनेको खानपानमा ध्यान दिने र आराम नै महत्वपूर्ण कुरा हो । यो रोगलाई आयुर्वेद र एलोपेथी दुवै विधिबाट उपचार गरिन्छ । आयुर्वेदमा कमलपित्त हुँदाखेरि कस्ता कुरा सेवन गर्ने या नगर्ने भन्ने मान्यता रही आएको छ । यो मान्यता उपचार प्रणालीमा प्रभावकारी बन्दै आएको छ ।

जन्डिसमा खान हुन्छ

१ सब्जीहरू : रायोको साग, काउली, बन्दा, फर्सीको मुन्टा, सिमी, तितेकरेला, लौका, स्कुस, आलु, च्याउ, फर्सी (हरियो र पाकेको) चम्सुर, पालुंगो, मेथीको साग, सिधेनुन जिरा हालेर उसिनेको तरकारी खान हुन्छ । जिउ चिलाउन थालेमा भने नुन नखानु राम्रो हुन्छ ।

२. फलफूलहरू : स्याउ, सुन्तला, नासपती, कलिला काँक्राहरू, उखु, मेवा, नरिवलको पानी, खरबुजा, तरबुजा, गाँजर, मुला, प्रशस्त खाने ।

३. मसलाहरू : सिधेनुन, जिरा, धनिया, अदुवा, लसुन, प्याज, बेसार, जन्डिस कम हुँदै गएको अवस्थामा मात्र थोरै खान सकिन्छ ।

४. पेयपदार्थहरू : पानी, ग्लुकोज पानी, मिश्री पानी प्रशस्त मात्रामा खाने उखु मौसम सुन्तला आदिको जुस खाने

५. रहरको दाल, मुँगको दाल, पाउरोटी –क्रिम नभएको, बिस्कुट, दूध डेरीको मात्र

६. जन्डिस भएको अवस्थामा जतिसक्यो आराम गर्नुपर्छ । ७. रोग लाग्नेबित्तिकै आयुर्वेद चिकित्सकको सल्लाह लिनुपर्छ ।

खान नहुने कुराहरू

१. सब्जीहरू : तोरीको साग, सुपको साग

२. फलफूलहरू : आँप, केरा, अंगुर, लिची, अनार, अम्बा

३. मसलाहरू : चिल्लो पदार्थहरू, खुर्सानी, काजु, बदाम, छोकडा, तिल,

४. पेय पदार्थहरू : दही, मोही, फ्रिजमा राखेको कोक फेन्टा पेप्सीलगायतका चिसो पेय तथा चिया, कफी तथा अत्कोहलजन्य पेय पदार्थ चाउचाउ, केक, पप, मिठाईहरू, भटमास, चना, बोडी, अन्डा, माछा मासु, चिल्लो पिरो अमिलो मासको दाल, मसुरो विपरीतलिंगीसँग नसुत्ने अर्थात् एक्लै सुत्ने । जन्डिस हुँदा ज्वरो आएमा सिटामोल खानुहुँदैन । ज्वरो वढी आएमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖