• Thursday 8th of October 2026

गायिका सुचित्राको खुलासाः शाहरुख खान र करण जौहरको समलैंगिक सम्बन्ध छ


  • धनकुटा खबर
  • .

मुम्बइ– बलिउड सुपरस्टार शाहरुख खान र फेमस डाईरेक्टर करण जौहरको सम्वन्धलाई लिएर अहिले भारतमा खुवै चर्चा छ।

चर्चित गायिका ‘सुचित्रा रामादुरई’ ले एउटा अन्तरवार्तामा दुई जनाको बीचमा ‘समलैंगिक सम्बन्ध’ रहेको खुलासा गरेकी छिन्। उनले अन्तरवार्ताका क्रममा ‘शाहरुख खान र करण जौहर लन्डन गएर ‘समलैंगिक सम्बन्ध’ बनाउँथे’ भनेकी छिन्।

यतिमात्रै होईन, उनले आफनो पूर्वपति ‘कार्तिक कुमार’ लाई ‘गे’ भएको आरोप लगाएकी छिन्। अन्तरवर्ताको वीडियो सोशल मीडियामा भाईरल भईरहेको छ।

यो भीडीओका कारण समर्थकहरु आश्चर्यमा परेका छन्। उनीहरुको ‘समलैंगिक सम्बन्ध’ का विषयमा धेरै प्रश्नहरु गरिरहेका छन्। गायिका ‘सुचित्रा’ को कुरामा कति सत्यता छ ? भन्ने विषयमा पनि प्रश्न उठेको छ।

कन्नड गायिका ‘सुचित्रा रामादुरई’ प्राय आफनो बोलिका कारण विवादमा पर्ने गरेकी छिन्। यसअघि पनि उनले भारतीय फिल्म इन्डस्ट्रिजका कलाकारको विषयमा सनसनीपूर्ण खुलासा गरेकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖