• Thursday 8th of October 2026

यसरी टुंगियो अर्जुन र मलाइकाको प्रेम सम्बन्ध!


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराले आफ्नो प्रेम सम्बन्ध टुंगाएका छन्।

उनीहरूको जोडी सधैं चर्चामा रह्यो। ५० वर्षीया मलाइका र ३८ वर्षीय अर्जुनको उमेर अन्तरले पनि उनीहरूको सम्बन्धमा धेरैले चासो दिइरहेका हुन्छन्। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार हालै उनीहरूले ब्रेकअप गरेका हुन्।

‘मलाइका र अर्जुनको सम्बन्ध धेरै विशेष थियो र दुवैले एकअर्काको दिलमा विशेष स्थान बनाएका थिए। उनीहरूले अलग हुने निर्णय लिएका छन्। उनीहरूले यस मामिलामा मौनता कायम राखेका छन्। उनीहरू एकअर्कालाई आफ्नो सम्बन्धको मुल्यांकन गर्ने अनुमति दिन चाहन्न,’ स्रोतलाई उद्धृत गर्दै बलिउड पोर्टल पिंकभिल्लाले लेखेको छ।

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरू भएको हो। जब उनीहरू एकसाथ एक फेसन शोमा देखिए।

मलाइकाको ४५ औं जन्मदिनमा उनीहरूले सम्बन्धलाई पुष्टि गरेका थिए। त्यसपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थाले। ‘कफि विथ करण’ मा अर्जुनले आफ्नो प्रेम जीवनलाई अलग स्तरमा लैजाने योजना भइरहेको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖