• Wednesday 7th of October 2026

ब्रेकअपबारे पहिलोपटक खुले सिसन बानियाँ


  • धनकुटा खबर
  • .

“ब्रेक अप भएपछि कपाल काट्यो, ब्रेक अप गरेपछि यसरी हिँड्न थाल्यो, यस्ता कुराहरू । त्यो रिजन थिएन । म पहिलेदेखि नै यस्तै इभल्भिङ मान्छे हो । नयाँ–नयाँ कुरा गरिराख्छु ।

अर्को कुरा, उताको पार्टी जो हुनुहुन्छ एकदमै धेरै ‘भिलेनाइज्ड’ हुनुभयो । मान्छेहरूले कमेन्टभरि…. नेपाली मानसिकतामा यो तथ्य हो कि धनी मान्छे, राम्रो घरपरिवार भएपछि अलिकति धेरै ‘भिलेनाइज्ड’ हुन्छ । त्यस्तै मुभी हेरेर बाँचियो । गरिब भएर छोडिदियो भन्ने कुराहरू लेखेका हुन्छन् । द्याट्स नट द केस । मेरो त गइसक्यो । ५–६ महिनामा रिस सिस मर्यो । मान्छेहरूले लेख्न थाले मायालाग्दो भएछ भनेर… मैले अलिकति बढी गरेछु कि । मलाई पनि एक्सप्रेस गर्नु त थ्यो । दबाएर राख्नै सकिनँ ।

मलाई के फिल भयो भने मान्छेहरूले किन उता त्यस्तो गरिराख्या छ । उ पनि त मान्छे हो । उसले कसैलाई नराम्रो गर्‍या छैन । हामीबीच जे भयो एकदम नेचुरल थियो । फेरि यो क्लीप भाइरल भएर उसलाई नै औँल्याउने पनि हुन सक्छ । तर मैले राम्ररी एनालाइज गरेँ के रहेछ त भनेर । सी द पर्सन हु इज अ गर्ल… स्मार्ट…. उ आफै मजाले कमाउन समाउन सक्ने सक्षम मान्छे हो ।

त्यत्रो इन्स्टिच्यूट पढेको । नर्मल केटा मान्छे भए… म त हेर्नुस्… चुरोट, बियर खाएर यो बाट निस्किन सक्छु । उसको कुरा के हो भने सी फलोड हर हार्ट, आफूले चाहेको केटासँग बिहे गरेको हो । केही गल्ती भन्न मिल्दैन ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖