• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मलेसिया सरकारले कामदारको तलब बढायो, अब न्यूनतम तलब १७०० रिङ्गेट


  • धनकुटा खबर
  • .

काठमाडौं । मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ । सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुनेगरी कारदारको न्युनतम तलब १७०० मलेसिय रिङ्गेट पुर्याएको हो। हाल मलेसियामा न्युनतम १५०० रिङ्गेट तलब छ।

प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले नयाँ वर्षको बजेट भाषण गर्दै पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूले १ फेब्रुअरी २०२५ देखि श्रमिकलाई न्युनतम १७०० रिङ्गेट तलब दिनुपर्ने बताएका हुन् ।

सरकारले सधैं जनताको आम्दानीको मुद्दालाई प्राथमिकता दिने बताउदै प्रधानमन्त्री इब्राहिमले जनताको जीवनलाई अझ सहज बनाउन पर्याप्त तलब र पारिश्रमिक पाउँदा मात्र आर्थिक पुनर्संरचना सफल भएको मानिने बताए।

नयाँ तलब कार्यान्वयन हुनुअघि मानव संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार पार्नेछ। जसले गर्दा नयाँ तलब कार्यान्वयनमा केही ढिला हुनेछ। उक्त निर्णयपछि मलेसियाको मानव संसाधन मन्त्री स्टिभन सिम ची केओङले विज्ञप्ति जारि गर्दै दक्ष कामदारहरूको लागि भने न्यूनतम पारिश्रमिकलाई शुरुवाती तलबको रूपमा लिन नहुने बताएका थिए।

निर्णय गरिएको न्युनतम पारिश्रमिक न्यून आय भएका श्रमिकको हक हितमा लागि भएको बताए । उनले आफ्नो मन्त्रालयले पहिलो पटक मलेसिया स्ट्यान्डर्ड क्लासिफिकेसन अफ अक्युपेशन्स (मास्को) को आधारमा सबै रोजगारी क्षेत्रका लागि शुरुवाती तलब निर्देशिका प्रकाशित गर्ने बताए ।

मन्त्रालयले कामदारहरूको सीप र कार्यसम्पादन अनुसार ज्यालादर वृद्धि सुनिश्चित गर्ने प्रयासको रूपमा कामदारहरूका लागि विभिन्न उच्च दक्षता तालिम पहलहरू पनि कार्यान्वयन गर्ने उनको भनाइ थियो। -एजेन्सीको सहयोगमा

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖