काठमाडौं । यस वर्षको मिस इन्टरनेसनलको उपाधि भियतनामकी हुइन थी थान थुईले जितेकी छन् ।
जापानको टोकियोमा मंगलबार बेलुका सम्पन्न मिस इन्टरनेसनल फिनालेमा हुइनले ७३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । यो उपाधि भियतनामले पहिलोपटक जितेको हो ।
जापानको टोकियोमा मंगलबार बेलुका सम्पन्न मिस इन्टरनेसनल फिनालेमा नेपाल भने सुरुआती चरणमै बाहिरियो । मिस इन्टरनेसनलमा मिस नेपाल करुणा रावतले प्रतिनिधित्व गरेकी थिइन् ।
बोलिभियाकी क्यामिला रोका फस्ट रनरअप, त्यसपछि स्पेनकी अल्बा पेरेज, भेनेजुएलाकी साक्रा गुरेरो र इन्डोनेसियाकी सोफी किराना शीर्ष पाँचमा पर्न सफल भए ।
यस वर्षको संस्करणको थिम मानसिक स्वास्थ्य र दिगोपन थियो ।
