• Tuesday 6th of October 2026

छोटो समयमा सबभन्दा धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारंगी’


  • धनकुटा खबर
  • .

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले एकपछि अर्को रेकर्ड बनाइरहेको छ।

यो फिल्मले एकैदिन सबभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको छ। गत शनिबार एकदिनमै फिल्मले ३ करोड ८९ लाख ग्रस कमाएको थियो।
त्यस्तै, ‘पूर्णबहादुरको सारंगी’ ले अहिलेसम्मको सर्वाधिक शो पाउने नेपाली फिल्मको रेकर्ड बनाएको छ। यसले एकैदिन ९८ हलमा ४ सय ६५ भन्दा बढी शो पाएको छ।

यो छोटो समयमा सबभन्दा धेरै कलेक्सन गर्ने नेपाली फिल्म समेत बनेको छ।

फिल्मले ११ दिनमा (आइतबार)सम्म २० करोड ७३ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यसअघि यति छोटो अवधिमा यति कमाइ कुनै नेपाली फिल्मले गरेका थिएनन्।

व्यापारको रफ्तार हेर्दा फिल्मले एक/दुई दिनमै नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइको रेकर्ड बनाउन सक्ने देखिन्छ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘पूर्णबहादुरको सारंगी’ मा विजयका साथमा प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् भने निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

गन्धर्व समुदायको कथामा बनेको फिल्ममा छोराका लागि बाबुले गर्ने संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ।

फिल्ममा समावेश गीतहरू समेत यतिबेला चर्चामा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖