• Tuesday 6th of October 2026

आइपुगे ओरी काठमाडौं, नेपाली टोपीमा यस्तो देखिए


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘सामाजिक संजाल स्टार’को रुपमा चर्चित बलिउड सेलेब्रिटी ओरी शनिबार काठमाडौं आइपुगेका छन् । उनको नेपाल आगमनबारे विस्तृत बताइएको त छैन तर उनी व्यवसायिक इन्डोर्समेन्टको लागि आइपुगेको अनुमान गरिएको छ ।

उनी सहयोगीसहित काठमाडौं आएका हुन् । अहिले उनी नक्सालको हिल्टन होटलमा बसिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई हिल्टन होटलका स्टाफले स्वागत गरेका थिए । होटलमा पुग्दा उनलाई नेपाली टोली र खादा लगाएर स्वागत गरिएको थियो ।

भारतीय सेलेव्रिटी र धनाढ्यसँगको निकटताको कारण उनी चर्चामा हुन्छन् । उनी भारतीय स्टार र उनीहरुका किड्ससँग पनि निकट छन् । उनले यसै महिना आफूले अमेरिकी नागरिकता लिएको र चुनावमा भोट हालेको समेत बताएका थिए । नेपालमा पनि ओरीलाई पछ्याउनको युवा जमात बाक्लै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖