• Tuesday 6th of October 2026

भारतकै महँगा अभिनेता बने अल्लू अर्जुन


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन ‘पुष्पा २’ को रिलिजको पर्खाइमा छन्।

यो फिल्म ५ डिसेम्बरदेखि प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यस फिल्मका लागि अल्लू अर्जुनले ३०० करोड भारू लिएका छन्। पारिश्रमिकको मामिलामा उनले अभिनेता थलापति विजयलाई पछि पारेका छन्।

यसअघि थलापति विजयले ‘थलापति ६९’ का लागि २७५ करोड भारू लिएका थिए। त्यतिबेला उनले शाहरूख खानलाई पछि पार्दै उक्त रेकर्ड राखेका थिए। शाहरूख खानले ‘जवान’ का लागि २५० करोड भारू लिएका थिए। अब अल्लू अर्जुन भारतकै महँगा अभिनेता बनेका छन्।

सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्ममा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली फिल्मको निर्माता हुन्।

यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म ‘’पुष्पाः द राइज’ को सिक्वेल हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖