• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायलद्धारा गाजामा १ हजार भन्दा डाक्टर र नर्सको हत्या


  • धनकुटा खबर
  • .

गाजा । इजरायलले गाजामा १ हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । 

 

सन २०२३ अगस्ट ७ मा सुरु भएको हमास–इजरायलको युद्धमा १००० भन्दा बढी डाक्टर र नर्सहरुको हत्या गरेको हो ।

वाफा समाचार एजेन्सीले गाजा पट्टीमा इजरायलको अथक बमबारीमा १ हजार भन्दा बढी डाक्टर र नर्सको मृत्यु भएको जनाएको छ । सो एजेन्सीले स्थानीय चिकित्सा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि ३१० भन्दा बढी अन्य चिकित्सा कर्मचारीहरूलाई गिरफ्तार गरिएको छ । 

 

सो क्रममा इजरायलले उनीहरुलाई चरम यातना दिइएको थियो भने केहीलाई जेलमा राखिएको छ । 

 

‘इजरायली सेनाले जानाजानी अस्पतालहरूलाई लक्षित गरेको छ र गाजामा चिकित्सा आपूर्ति, स्वास्थ्य प्रतिनिधिमण्डल र सयौं सर्जनहरूलाई प्रवेश गर्न अहिले पनि रोकेको छ’ स्थानिय चिकित्सकलाई उद्यृत गर्दै वाफाले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖