• Tuesday 6th of October 2026

धमाधम ‘छक्का पञ्जा’ बाहिरका फिल्म गर्दै माग्ने बुढा, ‘माइतीघर’ मा अनुबन्धित


  • धनकुटा खबर
  • .

अभिनेता केदार घिमिरे (माग्ने बुढा) पछिल्लो समय धमाधम ‘छक्का पञ्जा’ बाहिरका फिल्ममा पनि काम गर्न थालेका छन्।

‘जेरी अन टप’ को छायांकनमा व्यस्त उनले नयाँ फिल्म साइन गरेका छन्।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको आगामी फिल्म ‘माइतीघर’ मा उनी शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
‘शीर्ष ३ जना अभिनेतामध्ये एउटा भूमिकामा उहाँलाई लिइएको छ,’ निर्माता रोहित अधिकारीले भने, ‘बाँकी २ जना पनि नाम चलेकै अभिनेता लिनेछौं।’

स्रोतका अनुसार फिल्ममा अर्का एक जना चलेका अभिनेता अनुबन्धित भइसकेका छन्। यद्यपि त्यसबारे निर्माताले खुलाएका छैनन्।
अभिनेत्री पनि चलेकै अनुहार लिइने बताइएको छ।

‘माइतीघर’ मिलन तामाङले निर्देशन गर्नेछन्। लेखक रामशरण पाठक छन्।

सामाजिक पारिवारिक कथामा निर्माण हुने फिल्मको निर्मातामा रविन शेरचन र धिरज तामाङ जोडिएका छन्। कार्यकारी निर्मातामा चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ हुनेछन्।

फागुन–चैतमा फिल्मको छायांकन गरिने निर्माता रोहित अधिकारीले बताए।
फिल्मको रिलिज मिति आगामी दसैंलाई घोषणा भइसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖