• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विद्रोहीको आक्रमणपछि अलेप्पोबाट सिरियाका सरकारी सेना फिर्ता


  • धनकुटा खबर
  • .

एलेप्पो, सिरिया, १६ मंसीर । सिरियाली सेनाले विद्रोहीको आक्रमणपछि अलेप्पोबाट अस्थायी रूपमा फिर्ता भएको घोषणा गरेको छ । 

 

सो घोषणा लगत्तै सिरियाको सरकारी सेनाले बिद्रोहीले कब्जा गरेको क्षेत्रवाट आफनो सेना फिर्ता गराउनसमेत सुरू गरेको छ ।

सिरियाको सेनाले उत्तरपश्चिमी शहर एलेप्पोमा अस्थायी सेना फिर्ता घोषणा गरेको हो, जहाँ विद्रोही समूहहरूले वर्षौंमा पहिलो पटक सरकारी नियन्त्रित स्थानहरूमा अचम्मको आक्रमण सुरु गरेका थिए, जसको प्रतिक्रिया स्वरूप सरकारी सेना बिद्रोहस्थलवाट फिर्ता भएका हुन् ।

विगत केही दिन देखी एलेप्पो र इडलिबका गभर्नरेटहरूमा सशस्त्र समुहहरूसँगको भीषण लडाइमा दर्जनौं सैनिकहरू मारिएका वा घाइते भएका जनाउँदै सरकारी सेनाले अब यो स्थानमा आफ्नो रक्षा लाइनलाई बलियो बनाउन सेनाहरू पुनः संगठित गर्नु पर्ने भएको छ । 

विद्रोही समूहहरूले एलेप्पो र इडलिब मोर्चाहरूमा धेरै अक्षहरूबाट व्यापक आक्रमण सुरु गरे पछि झन्डै १०० किलोमिटर अर्थात ६० माइल भन्दा बढी भु भाग नियन्त्रणमा लिने कोशिश गरेका छन ।
 
यद्दपी, सेनाले विद्रोहीहरू एलेप्पोको ठूलो भागमा प्रवेश गरेको तर सेनाको बमबारीले उनीहरूलाई निश्चित स्थानहरू स्थापना गर्नबाट रोकेको बताएको छ। ‘उनीहरूलाई निष्कासन गर्ने र राज्यको नियन्त्रण सम्पूर्ण शहर र यसको ग्रामीण इलाकामा पुनर्स्थापित गर्ने प्रतिज्ञा गरेका छौं,’ सेनाले भनेको छ। 

सेनाको पहिलो सार्वजनिक मान्यतालाई यो जनायो कि हाइएत तहरीर अल शाम (एचटीएस) समूहको नेतृत्वमा विपक्षी लडाकुहरू यस हप्ताको सुरुमा भएको अचानकको आक्रमणमा अलेप्पोको धेरै भु भाग नियन्त्रण भन्दा बाहिर गएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖