• Tuesday 6th of October 2026

गायिका स्मिता दाहालले गरिन् बिहे


  • धनकुटा खबर
  • .

गायिका स्मिता दाहालले विवाह गरेकी छिन्।

‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता चर्चित गीतकी गायिका स्मिताले बबरमहल निवासी सायुज्य श्रेष्ठसँग आज (शुक्रबार) लगनगाँठो कसेकी हुन्।

काठमाडौं मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा उनीहरूको विवाह समारोह
स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी समेत हुन्। आयोजित विवाह समारोहमा दुवैका परिवार, आफन्त, केही राजनीतिज्ञ र कलाकारहरू समेत पुगेका छन्।

स्मिता र सायुज्यले केही साता अगाडि इन्गेजमेन्ट गरेका थिए। त्यसपछि स्मिताले सायुज्यलाई सामाजिक सञ्जालमा प्रेमीको रूपमा चिनाउँदै आफूहरू जीवनसाथी हुन लागेको जानकारी दिएकी थिइन्।

सायुज्य र स्मिता कलेजका साथी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖