• Tuesday 6th of October 2026

प्रचण्डको नातिनी स्मिताको विवाहमा प्रधानमन्त्री ओलीपनि सहभागी हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नातिनी स्मिता दाहालको विवाहमा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी भएका छन् ।

काठमाडौंको गोकर्णमा रहेको ग्राण्ड नोर्लिङ रिसोर्टमा अहिले विवाह समारोह चलिरहेको छ । प्रचण्ड सुरुदेखि नै विवाह समारोहमा उपस्थित् छन् ।

उनले विशिष्ट अतिथिहरुसँग भलाकुसारी गरिरहेका तस्विर सार्वजनिक भएका छन् । यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विवाह समारोहमा सरिक भएकी थिईन् । प्रधानमन्त्री ओली भने अहिले साँढे ३ बजे विवाह समारोहमा पुग्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

स्मिताले काठमाडौंको बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । file photo

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖