• Tuesday 6th of October 2026

धर्मेन्द्रमाथि धोकाधडीको आरोप


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता धर्मेन्द्र र अन्य दुई व्यक्तिमाथि धोकाधडीको आरोप लागेको छ।

उनीहरूलाई दिल्लीको पटियाला हाउस कोर्टले नोटिस पठाएको छ। भारतीय सञ्जारमाध्यम दैनिक भास्करका अनुसार दिल्लीको एक व्यवसायीले उनीहरूविरूद्ध उजुरी दिएका हुन्। जसमा गरम धरम ढाबाको फ्रेंजाइजी मामिलामा उनीमाथि धोकाधडी भएको उल्लेख गरिएको छ।

उनले आफूलाई गरम धरम ढाबामा लगानी गर्न गलत निर्देशन गरेको बताएका छन्। ५ डिसेम्बरमा पहिलो जाँच गर्दा उजुरीकर्तामाथि लगानी गर्न प्रेरित गरेर धोकाधडी गरेको खुलेको छ।

अदालतले धर्मेन्द्र र अन्य दुई व्यक्तिमाथि धोकाधडीको धारा ४२०, षड्यन्त्रको धारा १२० बी र समान अपराधको धारा ३४ आईपीसी पेश गरेको छ।

धर्मेन्द्र र अन्य दुई व्यक्तिले दिल्लीको कर्नाट प्लेस र हरियाणाको मुरथलमा महिनाको लगभग ७० देखि ९० लाखको कमाइ हुने बताएका थिए। लगानीकर्तालाई ४१ लाख भारू लगानी गरेबापत सात प्रतिशत नाफा दिने बताएको थियो। पछि उनलाई ६३ लाख ट्याक्सको लागि र व्यापारको लागि ठाउँको व्यवस्था गर्न बताइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖