• Tuesday 6th of October 2026

भारतमा सबभन्दा धेरै कमाइ गर्ने दोस्रो फिल्म बन्यो ‘पुष्पा २’


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार ‘पुष्पा २’ ले १४ दिनमा विश्वभरबाट १५०० करोड भारू कमाएको छ। भारतबाट मात्रै फिल्म ९७३ करोड २ लाख भारू कमाएको छ।

‘पुष्पा २’ भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ। यसले घरेलु बक्स अफिसमा ‘आरआरआर, केजिएफ, जवान, कल्की’ लगायत फिल्मको रेकर्ड तोडेको छ। तर यसले ‘बाहुबली २’ को रेकर्ड तोड्न सकेको छैन। ‘बाहुबली २’ ले भारतमा १०३० करोड ४२ लाख भारू कमाइ गरेको थियो।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖