• Tuesday 6th of October 2026

सोनु निगमको कन्सर्टमा राखिएका १५० मदिराजन्य विज्ञापनका बोर्ड महानगरले हटायो


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिकाले भारतीय चर्चित गायक सोनु निगमको कन्सर्टस्थलमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको छ।

बौद्ध स्थित हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा मदिराजन्य विज्ञापन बोर्ड राखिएको भन्दै महानगरले ती बोर्ड हटाएको जनाएको छ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने नीति अन्तर्गत बोर्डहरु हटाइएको महानगरले जनाएको छ।

भारतीय गायक निगमले आज (बुधबार) आफ्नो सांगीतिक प्रस्तुति दिँदैछन्। उनले ५ वटा नेपाली गीत समेत गाउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖