• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

बिहीबार राति ९२ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री सिंहको निधन भएको हो । शनिबार उनको अन्त्येष्टि गरिने भएको छ ।

भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सबै सरकारी समारोह रद्द गरिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖