• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अजरबैजान विमान दुर्घटनामा पुटिनले मागे माफी


  • धनकुटा खबर
  • .

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’का लागि माफी मागेका छन्।

बीबीसीको समाचारअनुसार वास्तवमा अजरबैजानको यात्रुवाहक विमान रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रणाली प्रयोग गर्दा दुर्घटनामा परेको थियो।

तर, शनिबार विज्ञप्ति जारी गर्दै पुटिनले अजरबैजानी विमान खसाल्नुमा रुसको भूमिका रहेको बताएनन्।

गत बुधबार ६७ यात्रु लिएर अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको फ्लाइट जे २-८२४३ कजाकिस्तानको अक्ताउमा खसेको थियो।

दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो भने २९ जनाको उद्धार गरिएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अजरबैजान एयरलाइन्सको जहाज रुसको एयर-डिफेन्स सिस्टमले खसालेको दाबी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖