• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार, देशको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको भनिएको छ। बीबीसीका अनुसार, दुर्घटना दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।

समाचार अनुसार, १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

रोयटर्सका अनुसार, उद्धारकर्मीहरूले विमानको पछाडिको भागबाट यात्रुहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन्। दुर्घटनाको कारण स्पष्ट छैन, तर चरासँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖