वाशिङटन डीसी । अमेरिकामा बर्ड फ्लुका कारण एक जना पुरुषको मृत्यु भएको छ । दक्षिण पूर्वी अमेरिकी राज्य लुइजियानामा एक पुरुषको मृत्यु भएको छ ।
मृत्युको पूपिष्ट लुइजियानाको स्वास्थ्य मन्त्रालयले गरेको छ । अमेरिका भर बर्ड फ्लुको प्रकोप बढ्दै गइरहेको समयमा पहिलो पटक यसका कारण मान्छेको मृत्यु भएको हो ।
मृतक वृद्ध भएको र अन्य रोगबाट समेत पीडित भएको बताइएको छ । मृतकको उमेर ६५ वर्षभन्दा बढी थियो । साससम्बन्धी समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
यसलाई अमेरिकामा बर्डफ्लु संक्रमणको पहिलो गम्भीर मामिला बताइएको छ । अमेरिकामा अहिलेसम्म ६७ जना मान्छेमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
